बुधबार, बैशाख १२, २०८१

महासंघ उपत्यका प्रदेश समितिलाइ काँग्रेस नेता जोशीको सहयोग

काठमाडौं मंसिर ९,

नेपाली काँग्रेसका नेता राजुराज जोशीले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाइ मनकारी सहयोग गर्नुभएको छ । नेता जोशीले   समितिका  अध्यक्ष श्रीजन झालाइ  कार्यालय प्रयोजनार्थ भौतिक समाग्री खरिदका लागि सहयोग हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिदै नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्र्तगत आगामी १६ गते हुने बागमती प्रदेश सभाको लागि सभापतिको उम्मेदवार समेत रहेको नेता जोशीले मुलुकको प्रत्येक कालखण्डमा भएका परिवर्तकारी आन्दोलनमा पत्रकार र पत्रकारिता जगतले निर्वाह गर्दै आएको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउदै पछिल्लो समय आफ्नो तर्फबाट महासंघको उपत्यका प्रदेश समितिको लागि केहि सहयोग गर्न पाउँदा सुखानुभूति भएको बताउनुभयो। साथै उहाँले भविष्यमा पनि आफ्नो तर्फबाट थप सहयोग गर्दै जाने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा लोकतान्त्रिक राष्टिय छापा माध्यमका अध्यक्ष दामोदर प्रसाद दवाडीले महासंघको उपत्यका प्रदेश समिति स्वरोजगार मिडिया यसमा आवद्ध पत्रकाररुरुको ।पक्षमा विभिन्न किसिमबाट क्रियाशील रहेको बताउदै आज काँग्रेस नेता जोशीले नागरिक समाजका अगुवा संस्थालाइ गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।

त्यस्तै उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाको सभापतित्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा समितिका अध्यक्ष झाले नेता जोशीले समितिलाइ सहयोग गर्न देखाउनुभएको सदिच्छा आफैमा  तारिफ योग्य भएको भन्दै सहयोगका लागि आभार सहित उहाँको वर्तमान र भविष्यको राजनैतिक यात्राको सफलताको कामना   गर्नुभयो ।

मुलुक संघीय संरचनामा गएसंगै अस्तित्वमा आएको महासंघको प्रादेशिक संरचना अन्र्तगत करिव ७० प्रतिशत भन्दा क्रियाशील पत्रकारहरुको पेशागत कार्यथलो रहेको काठमाडौं उपत्यकामा रहेको पेशागत संगठन उपत्यका प्रदेश समितिमा उपत्यकाका दुइ हजार पाँच सय भन्दा बढि पत्रकार सदस्यहरु आवद्ध रहेका छन । कार्यक्रममा समितिका महासचिव टेनिस रोका लगायत पदाधिकारी र कार्य समितिका सदस्यहरुको उपस्थिती रहेको कार्यसमिति सदस्य प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।