शनिबार, बैशाख ८, २०८१

भ्रष्टाचारी प्रन्याले राजीनामा नदिए पदच्युत गर्नुको विकल्प रहन्न :वार अध्यक्ष श्रेष्ठ

काठमाडौं कात्तिक २८,
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलित हुँदै आएका नेपाल बार एशोसिएसनको आन्दोलनले नयाँ रुप लिएको छ ।  बारको आह्वानमा सर्वोच्च परिसरमा धर्ना दिदै आएका कानुन व्यवसायीहरुले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रीत हुने जनाउ दिदै धर्नाको क्रमममा प्रधानन्यायाधीश जबराको समर्थनमा समेत प्रदर्शन भएसंगै आन्दोलनरत कानुन व्यवसायीहरु थप आक्रोशित भएको हो ।

बार महासचिव लीलामणि पौड्यालले आफूहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुविद्ध उतारेको भन्दै सोमवाबार देखि आन्दोलनको क्षेत्र सर्वोच्च अदालत केन्द्रीत हुने घोषणा गरेको हो ।

आज सर्वोच्च अदालतमा धर्ना अघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भन्दै अव राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताए ।

त्यस्तै जसले न्यायमा विचलन ल्याएको छ, जसले न्याय प्रशासनलाई बरबाद गरेको छ । जसले यो देशलाई बर्बाद गर्न खोजिराखेको छ, त्यस्तो व्यक्तिहरु न्यायपालिकामा रहन सक्दैनँ । कुनैपनि हालतमा राख्न नसकिने बताए । धर्नाको क्रममा कानुन व्यवसायीहरुले ‘भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे, बार एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ’ लगायतका नाराबाजी समेत गरेका थिए ।