बुधबार, बैशाख ५, २०८१

भक्तपुर क्षेत्र नम्बर १ र २ मा खत्री र कार्की क्षेत्रीय सभापतिमा निर्वाचित

काठमाडौ मंसिर ८,
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा संस्थापन समूह निकट जीवन खत्री निर्वाचित भएका छन । निर्वाचित सभापति खत्रीले २७१ मत प्राप्त गर्दै गर्दा प्रतिस्पर्धी उद्धव खड्काले भने ११६ मत प्राप्त गरेको निर्वाचन समतिले जनाएको छ।

भक्तपुर १ बाट महाधिवेशन प्रतिनिधिमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक लोकप्रिय मत २५१ प्राप्त गरी निर्वाचित भएक छन भने बाँकी प्रतिनिधिमा क्रमस प्रविण वन , जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा ,राधा कार्की, सुभद्रा काफ्ले, रुपा थापा र संगिता फुँयाल ,सुरेश श्रेष्ठ, रत्नसुन्दर खाईतु, जीवन भुजु र केशव दुवाल, गोविन्द थापा र नवराज दाहाल, गंगालक्ष्मी अवाल, सांसद रजनी जोन्छें र रञ्जना कक्षपति र हरिकृष्ण श्रेष्ठ निर्वाचित भएक छन ।

त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की निर्वाचित भएका छन । कार्कीले ३६० मत प्राप्त गरेको थाहा भएको छ। भक्तपुर २ बाट महाधिवेशन प्रतिनिधिहरूमा रमा कोइराला पौडेल, अन्जनादेवी मझिकर्मी, प्रमीला सुवेदी आचार्य, कमला कर्माचार्य ,दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खाइमली, विष्णुराज कार्की, मुरारीप्रसाद आचार्य उद्धव सिलवाल, राजनकाजी क्वाटी, गणेशमान चक्रधर, अष्टकुमार कवे, सन्तोष भट्टराई दिलकृष्ण प्रजापति, ज्ञानदास प्रजापति र रामकाजी चक्रधर निर्वाचित भएका छन्।

त्यस्तै नन्मी प्रतिनिधिमा सङ्गीता थापा, सुमित्रा सापकोटा , उमेश खड्का, अच्युतप्रसाद मिश्र र लक्षुराम न्यौपाने ,पूर्ण नेपाली विसंखे, कंसबहादुर कुजु निर्वाचित भएका छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031