बुधबार, बैशाख १२, २०८१

बारले सभामुख र संसदीय दलका नेताहरुलाई आज महाभियोग सहितका एजेन्दा रहेको ज्ञापनपत्र बुझाउँदै

काठमाडौं मंसिर ६ ,
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित नेपाल बार एशोसिएसनले आज सभामुख र विभिन्न संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
आज दिउँसो २ बजे सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटासहित संसदीय दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी रहेको नेपाल बारले जनाएको छ ।

प्राप्त जानकारी अनुसार आज बुझाइने ज्ञापनपत्रमा बारले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणका एजेन्दा केन्द्रीत रेको बुझिएको छ।