बिहिबार, चैत्र १५, २०८०

बारको अगुवाइमा प्रन्या जबराको राजीनामा माग गर्दै आज पनि विरोध प्रदर्शन जारी

फूलकोट बैठकको निर्णय अनुसार बन्दीप्रत्यक्षीकरण सहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

काठमाडौ मंसिर ५,

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका कार्यक्रम सार्वजनिक गरे अनुरुप आज पनि प्रन्या जबराको राजीनामा माग गर्दै नेपाल बारको अगुवाइमा कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शन कायृक्रमलाइ निरन्तरता दिएको छ।

शनिवर बारले प्रधानन्यायाधीश जबराको राजीनाका लािग विरोध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीद्वारा देशव्यापीरुपमा यस मुद्दामा सहभागी हुन कानुन व्यवसायीमा आव्हान समेत गरिएको छ । सर्वोच्चको मूल गेट अगाडि निरन्तर धर्ना तथा प्रदर्शन हुँदै आएपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक द्वारबाट आफ्नो कार्यकक्षमा प्रवेश गरेका छन ।

यसैवीच आज प्रधानन्यायाधीश जबराले गत विहिवार बसको फूलकोट बैठकको निर्णय अनुसार बन्दीप्रत्यक्षीकरण सहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको सर्वोच्च प्रशासनले जनाएको छ। जसआज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकिएको बुझिएको छ।