शुक्रबार, बैशाख ७, २०८१

प्रन्या जबराको बहिर्गमनका लागि सहयोगको आग्रह सहित सभामुख सापकोटालाई बारको ज्ञापन

काठमाडौं मंसिर ६,
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन बुझाएका छ । नेपाल बारका पदाधिकारीहरुले सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने भन्दै आग्रह सहतिको ज्ञापन पत्र बुझाएको हो । त्यस्तै ज्ञापन पत्रमा बारले संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप लगाएका छन् ।

यसैवीच सोमबार सर्वोच्च परिसबाट न्यायलयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई हटाइएको थियो । धर्नाका क्रममा उनीहरुले प्रधानन्यायधिशबिरुद्ध चर्का नारा लगाएका थिए । धर्नापछि बारमा आयोजित विरोध सभामा बारमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशकै कारणबाट भ्रष्टचार व्याप्त भएको राजीनामाको बिकल्प नरहेको बताए । सेवाग्राहीहरुलाई तीनबर्षदेखि अदालतमा भइरहेको अन्याय अव हुन नदिने उनको भनाई रहेको छ । साथै श्रेष्ठले प्रधानन्यायाधीशले बिचौलियामार्फत फाइदा हुने मुद्धामात्र हेर्ने गरेको समेत बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031