शुक्रबार, बैशाख ७, २०८१

प्रदेश १ मा मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने निश्चित , एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री बन्दै

काठमाडौं कात्तिक १५ ,
प्रदेश १ को आज मध्यान्न बस्ने बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा विश्वासको मत लिदैं हुनुहुन्छ । आज दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभा बैठकमा उहाँको प्रस्ताव निर्णयार्थ पेश भई मतविभाजन गर्ने कार्यसूची रहेको प्रदेश सचिवालयले जारी सूचनामा उल्लेख छ ।

कात्तिक ७ गते विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गर्ने कार्यसूचि रहेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसंगै अज सम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

यसैवीच प्राप्त जानकारी अनुसार विपक्षी गठबन्धनमा आवद्ध काँग्रेस , माओवादी केन्द्र लगायतका सबै दलले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय संगै गरेको छ । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको बुझिएको छ ।

स्मरण रहोस प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ तर एमालेसँग ४० सांसद मात्र रहेको अवस्थालाइ लाइ हेर्ने हो भने मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत नपाउने निश्चित छ । त्यस्तैगठबन्धनमा आवद्ध नेपाली काँग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031