शुक्रबार, चैत्र १६, २०८०

प्रदेश १ का मुख्यमन्त्री राई संगै ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं कात्तिक १६,
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

त्यस्तै मंगलबार नै मुख्यमन्त्री राई नेतृत्वको प्रदेश सरकारमा सहभागी ४ मन्त्री र एक राज्यमन्त्री क्रमस नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।