मङ्लबार, बैशाख ११, २०८१

प्रदेश १ का मुख्यमन्त्री राइको पक्षमा ५० र विपक्षीमा २९ मत

काठमाडौं मंसिर १,
प्रदेश १ को आज बसेको बैठकलबाट नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको बैठकमा तत्कालल कायम रहेका ९२ सांसदमध्ये सभामुख बाहेक ७९ जनाको उपस्थिति रहेको यसमध्ये मुख्यमन्त्री राइको पक्षमा ५० मत प्राप्त गर्नुभयो र विपक्षमा जम्मा २९ मत परको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रदेश न १ मा एमाले विभाजन संगै अल्पमतमा पर्नु भएका तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा विश्वासको मत लिने क्रममा विस्वासको मत नपाउँने निश्चित भएसंगै राजीनामा गर्नुभएके थियो । त्यसलगत्तै विस्वासको मत गठबन्धन दलको तर्mबाट मुख्यमन्त्रीमा राइको नियुक्ति भएको हो ।