बिहिबार, बैशाख १३, २०८१

पार्क बनाउने काम महानगरले गर्छ त्यसको सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीयले गर्नु पर्छ : महानगर प्रमुख शाक्य

महानगर वडा न १८ स्थित पुष्पलाल पार्कमा निशुल्क शारीरिक व्यायाम स्थल

काठमाडौं मंसिर ३,

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको वडा १८ स्थित पुष्पलाल पार्कमा स्थापना गरिएको निशुल्क खुल्ला शारीरिक व्यायाम स्थलको आज एक कार्यक्रमकावीच शुभारम्भ गर्नु भएकोछ ।

शारीरिक व्यायाम स्थल शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख शाक्यले, महानगर क्षेत्रभित्रका खुल्ला ठाउँलाई उपयोग गर्न स्थानीयलाई आग्रह गर्दै महानगरले पार्कका रुपमा विकास गरेका ठाउँहरु स्थानीयका लागि भएको बताउँदै उहाँले सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम हाम्रो हो । त्यसको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा स्थानीयले गर्नु पर्ने बताउनुभयो ।

साथै महानगरको हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर घर नजिक शारीरिक अभ्यास गर्ने ठाउँ बनाउँने योजना रहेको बताउँदै उहाँले सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम पछिल्लोसमय हुँदै आएको जानकारीदिनुभयो ।

कार्यक्रमा महानगर वडा न १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले, भित्री वडाहरुमा यसप्रकारको खुल्ला व्यायाम स्थल पहिलो भएको बताउनुभयो ।

पार्कमा करिव ९ लाख ९५ हजार रुपैयाँ लागतमा स्काइ वाकर, एअर वाकर, क्रस टेनर, सिट अप सिङ्गल, चेस्ट प्रेस, थाइ ची स्पिनर, साइकल, हर्स राइडर, डवल स्ट्याण्डिङ् ट्वीस्टर, पुस अप बार, व्याक एक्स्टेन्सनजस्ता ११ प्रकारका सामग्री राखिएक छन् ।