बिहिबार, बैशाख १३, २०८१

पर्यटन, वन तथा वातावरण मन्त्री राय पदमुक्त

काठमाडौं कार्तिक ३०,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई आफु नेतृत्वको मन्त्री परिषदबाट अपदस्थ गरेका छन् ।

त्यस्तै जसपाका नेता समेत रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री यादवलाई पदमुक्त गरेसंगै सोका जानकारी प्रदेश प्रमुखको कार्यालयलाय गाइएको र त्यसलगत्तै प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा उद्योगमन्त्री रायलाई पदमुक्त गरिएको सिफारिस सदर गर्दै सार्वजनकि सूचना जारी गर्नु भएको छ ।

त्यस्तै जारी सूचनामा यादवले सम्हालिरहेको मन्त्रालयको जिम्मेवारी तत्कालका मुख्यमन्त्री राउत आफैले सम्हाल्ले गरि जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ।