शनिबार, बैशाख ८, २०८१

पतञ्जली योग पिठले नेपालमा टेलिभिजन सञ्चालन गर्नु प्रचलित कानुनको ठाडो उल्लंघन: महासंघ

राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका विपरितका कार्यप्रति महासंघको गम्भीर आपत्ती

काठमाडौं मंसिर ५ ,
नेपाल पत्रकार महासंघले भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

महासंघले आज जारी विज्ञप्ति मार्फत मुलुकको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले नेपालमा टेलिभिजन सञ्चालन गर्नु प्रचलित कानुनको ठाडो उल्लंघन भएको जनाएको छ।

स्मरणीय पक्ष भनेको दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका विपरितका कार्य लोकतन्त्र तथा
नेपाली प्रेस जगतका हिमायती सरकारबाटनै हुनु आफैमा खेदजनक रहेको भन्दै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउको छ ।

त्यस्तै स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष सहित महासंघले कानुनविपरित सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारसंग माग गरेको छ ।

ज्ञात होस ,काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएनु भएको थियो ।