शुक्रबार, चैत्र १६, २०८०

पछिल्लो २४ घण्टामा ३५६ जना कोभिड संक्रमित थपिए, २ को मृत्यु

काठमाडौं कार्तिक १८,
पछिल्लो २४ घण्टामा ३५६ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर गरिएको ३ हजार २५९ पीसीआर र ३ हजार १२५ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

त्यस्तै मन्त्रालयले ५१८ जना उपचार पछि डिस्चार्ज भएके जनाउदै यसवीचमा २ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ। त्यस्तै मन्त्रालयले २१५ जना संक्रमितको आइसीयू र ५७ जनाको भेन्टिलेटर उपचार भइरहेको जनाएको छ।