शुक्रबार, चैत्र १६, २०८०

पछिल्लो २४ घण्टामा २५९ जना कोभिड संक्रमित थपिए , ३७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं मंसिर १३,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५९ जना कोभिड संक्रमित थपिएको जनाएको छ। देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६ जनाको एन्टीजेन ५७परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय २६४ जना संक्रमित उपचार पछि डिस्चार्ज भएक छन भने १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

साथै कुल संक्रमित मध्ये १५९ जनाको आइसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारीदिनुको अलावा पछिल्लो २४ घण्टामा देशभर १ लाख ४४ हजार ५३४ जनाले कोभिड विरुद्धको खोप लगाएकोजनाएको छ ।