बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं कात्तिक १९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोभिड संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ उपचार पछि डिस्चार्ज भएको जानकारी दिदै मन्त्रालयले पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेको जनाएको छ । साथै कुल सक्रिय संक्रमित मध्ये दुइ सय जनाको आईसीयू र ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारीदिएको छ ।