शुक्रबार, चैत्र १६, २०८०

नेपाल बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दै

काठमाडौ मंसिर ८,
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ ।

नोपल बारबा अनुसार विरोधसभाका लागि उच्च अदालत ललितपुरमा बार अध्यक्ष चण्डेश्र्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र केन्द्रीय सदस्य प्रकाश महर्जनको टोली खटिएका छन भने जनकपुर उच्च अदालतमा महासचिव लीलामणि पौडेल तथा पूर्वउपाध्यक्ष विनोद शर्मा र सुरेन्द्रकुमार महतोको टोली खटिएको जानकारी दिएको छ।

त्यस्तै हेटौँडा उच्च अदालतमा पूर्वमहासचिव विजयप्रसाद मिश्र र केन्द्रीय सदस्य भुवनप्रसाद निरौला, ओखलढुंगा इजलासमा केन्द्रीय सदस्यद्वय गंगासागर खत्री र अञ्जु कायस्थको टोली खटिएका छन ।

त्यस्तै इलाम उच्च अदालत,धनकुटा उच्च अदालतमा राजविराज उच्च अदालत, विराटनगर उच्च अदालतमा उच्च अदालत बुटवल इजलास र लगायतका देशैभर विभिन्न क्षेत्रमा बार सम्वद्ध अधिकारीहरु खटिएको जानकारीदिएका छन ।