मङ्लबार, बैशाख ४, २०८१

नेपालबन्दको काठमाडौं उपत्यकामा आशिंक प्रभाव

काठमाडौं कात्तिक ३०,
बढ्दो इन्धनको मूल्य वृद्धि संगै अनेकन वेतिथी विरिुद्ध लक्षित हुँदै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा आशिंक प्रभाव देखिएको छ ।

काठमाडौंका सडकमा आज विहानैदेखि सार्वजनिक सवारीहरु निकै कम चलेका छन् । नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने निर्वाध गुडिरहेका छन् ।

राजधानीको चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति संगै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । त्यस्तै मोफसलमा भने बन्द गराउँदै हिडेको दर्जनौं विप्लवका कार्यर्तालाइ प्रहरीले पक्राउ गरेको बुझिएको छ ।