शनिबार, बैशाख ८, २०८१

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेरको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं मंसिर १४ ,
सुवर्ण समशेर अध्ययन प्रतिष्ठानले प्रकाशन एवमे रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक ‘राजनेता सुवर्ण शम्शेर’को लोकार्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेरको त्याग, तपस्या र योगदानको चर्चा गर्दै प्रजातन्त्रप्रतिको निष्ठाप्रति सुवर्ण शम्शेर सदैव खरो उत्रको बताउनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले सुवर्ण शम्शेरसंगको आफे पहिलो भेट कलकत्तामा भएको स्मरण सहित उहाँले प्रजातान्त्रिक समाजवादी नेता सुवर्ण शम्शेरले नेपाल विद्यार्थी सङ्घ स्थापनामा गर्नुभएको योगदानको समेत चर्चा गर्नुभएको छ ।

साथै सम्बोधनकै क्रममा प्रम देउवाले पार्टीको आसन्न् महाधिवेशनबाट युवा पुस्तालाई नेतृत्व दिन आफु पनि हौसिएको बताउदै नेतृत्व लिने नाममा त्यस्तो कुनै दर्घटना नहोस भन्ने पक्षको पनि हेक्का राख्न आग्रह संगै सवैको पालो आउँछ हतार र चिन्ता नगर्न सुझाव समेत दिनभयो । त्यस अवसरमा उहाँले कांग्रेस काठमाडौँ जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले सुर्वण शम्शेरको राजनीतिक यात्राको स्मरण गर्ने हो भने उहाँले सदैव लिन भन्दा पनि दिनका लागि तयार रहने व्यक्तित्व भएको चर्चा सहति मुलकमा जारी यावत समस्याको समाधान गर्ने दायित्व काँग्रेजनको काँघमा रहेको र यसको लागि एकता, समन्वय र समझदारी सहित अगाडि बढ्नुको विकल्प नभएो बताउनुभयो ।

त्यस्तै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले परिवर्तनलाई संस्थागत गर्दै सामाजिक रुपान्तरणको नयाँ आयान कोर्नका लागि जनचाहनाअनुरुप पार्टीमा रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमम केन्द्रीय सदस्य रमेश लेखक, केन्द्रीय सदस्य भीमसेनदास प्रधान, न्हुच्छेनारायण श्रेष्ठ, राधा घले संगै प्रतिष्ठानका अध्यक्ष धु्रव खड्का र पुस्तकका लेखक रामचन्द्र घिमिरे लगायतले सुवर्ण शम्शेरको याृगदानको विषयमा चर्चा गर्नुभएको थियो।