शुक्रबार, बैशाख ७, २०८१

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन: पार्टी अध्यक्षमा पुनः केपी ओली निर्वाचित

काठमाडौं मंसिर १४ ,
नेकपा एमाले चितवनमा जारी दसौँ राष्ट्रिय महाधिवेशनले पार्टी अध्यक्षमा पुनः केपी ओलीलाई निर्वाचित गरेको छ । पार्टी अध्यक्ष्को लागि भएको निर्वाचनम कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले १हजार आठ सय ४० मत प्राप्त  गर्दै गर्दा निकटम प्रतिस्पर्धी डा भीमबहादुर रावलले २ सय २३ मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम सार्वजनिक भएो हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्ते पार्टीउपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्यले हजार ९७६ मत ,सुरेन्द्र पाण्डेले एक हजार ९२५, सुवास नेम्बाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १हजार ८४२, रामबहादुर थापा बादलले १ हजार ७६८ मत प्राप्त गर्दै निर्वाचित हुँदै गर्दा अर्का उम्मेदवार घनश्याम भुसालले ७२५ मत प्राप्त गरि पराजित भएका छन ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्यमा अर्याल विजयी हुनुभएको छ । पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव वडाल निर्वाचित भएका छन ।

नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा सम्पन्न गरिने तयारी रहेको थाहा भएको छ । त्यस्तै यसअघि केन्द्रीय निर्वाचन समितिले नवर्विाचित अध्यक्ष ओलीलाई सपथ गराउने कार्यक्रम रहेको छ भने पदाधिकारी र सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउने कार्यक्रम रहेको थाहा भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031