शुक्रबार, बैशाख १४, २०८१

नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमणको बढ्दो रफ्तारसंगै सतर्क र सुरक्षित रहन सर्वसाधारणमा सरकारको आग्रह

सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि आज थप छलफल तथा निर्णयका लागि कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्रको मिटिङ बस्दै

काठमाडौ मंसिर १२ ,
कोभिड– संक्रमणको नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमणको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च सतकर्ता अपनाउने तयारी गरेको छ ।
नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशित क्षेत्र हङकङमा ओमिक्रोन’ भाइरस संक्रमण रहेको पुष्टि भएसंगै सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि आज थप छलफल तथा निर्णयका लागि कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्रको मिटिङ बस्ने तयारी समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले तत्काल भाइरस संक्रमित मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्ने विषयमा समेत छलफल आरम्भ भइसकेको जानकारी दिदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य निगरानी कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । त्यस्ते पछिल्लो समय नेपाल–हङकङ सिधा हवाई उडान समेत स्थगित गरिएको जानकारी दिदै सरकारले कोभिड–१९ को नयाँ भेरियण्टप्रति सतर्क र सुरक्षित रहन सर्वसाधारणमा आग्रह गरेको छ ।