मङ्लबार, बैशाख ४, २०८१

देशभर थप ३०८ जनामा कोभिड संक्रमण, ३ को मृत्यु

काठमाडौं मंसिर ९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वितेको २४ घण्टामा देशभर थप ३०८ जनामा कोभिड संक्रमण भएको पुष्टि गरेको छ। मन्त्रालयले देशभरका ििवभिभ्न प्रयोगशालामा ८ हजार ९०९ जनाको पीसीआर परीक्षण गर्दा २८१ र एन्टिजेन विधिको परीक्षण बाट २७ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ। त्यस्तै यसवीचमा २९८ जना संक्रमित सङ्क्रमणमुक्त भएको जानकारी दिदै यही अवधिमा थप ३ जनाको मृत्यु भएको जनाएको छ।

मन्त्रालयका अनुसार देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिनुको अलावा पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोभिड विरुद्धको खोप लगाएसंगै खोप लगाउनो सख्या १ करोड ७५ लाख २१ हजार ५२३ पुगेको र यसमध्ये ८१ लाख ५३ हजार ७३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार ७८९ कम्तीमा एक मात्रा खोप लगाएको जानकारी दिएको छ।