शुक्रबार, चैत्र १६, २०८०

दुई दिन लकडाउन गर्न अदालतको सुझाव

काठमाडौं कात्तिक २७,
भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा बढ्दो प्रदूषणको मात्रा न्यूनीकरणका लागि भारतका प्रधानन्यायधीश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सूर्यकान्तको इजलाशले तत्काल लकडाउन गर्न सरकालाइ सुझाव दिएको छ ।

विशेष गरेर बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता विरामीहरुको सङ्ख्या अत्यधिक धेरै रहेको उनले जानकारी दिए ।

नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु बढ्दो प्रदूषणका कारण जनजीवन प्रभावित हुनको अलावा बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्याका साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता विरामीहरुको सङ्ख्या अत्यधिक बढेको सरकारी वायु गुणस्तर मापन अधिकारीहरूहरुलाइ उदृत गर्दै भारतीउ सञ्चारमाध्महरुले जनाएको छ ।

यद्यपी सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही बर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिदै आएको र भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।

तयसअर्थमा अदालतले दिएको सुझावको अहिले निकै चर्चाको षियभ एके जनाउदै सञ्चामाध्यमहरुले “हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुईदिने लकडाउन हुनसक्छ भन्ने सुझावमा दिएको जिकिर गरेको छ।