बिहिबार, बैशाख १३, २०८१

दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना सहित यमपञ्चकको पाँचौ दिन आज भाइटिका पर्व  मनाइदै

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजा एवं दर्शनका लागि खुला गरिने

काठमाडौं कार्तिक २०,
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात भाइटिका पर्व आज मनाइदै छ । यमपञ्चकको पाँचौ दिन अन्र्तगत मनाइने ११ः०२ बजेभाइटीका पर्वको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँने गरिन्छ ।

भाइटीकाको टीकाको उत्तम साइत मध्यान्ह ११ः०२ बजेको समय उत्तम रहेपनि उत्तम साइतमा नभ्याउँनेहरुले कुनैपनि समय भाइटीका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाउने क्रममा दियो, कलश र गणेशको पूजा गरी अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाउने गरिन्छ ।

यसैवीच यसवर्ष पनि दिदीबहिनी नहुनेका लागि भाइटिकाका दिन खुला गरिने राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुर्ननिर्माण सकिएसंगै आज दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिने भएको छ । केहि समय अघि महा भूकम्पका क्षति ग्रस्त यो मन्दिर पूर्न निर्माण गरिएको हो । बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यसअघिका वर्षमा मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।