शुक्रबार, चैत्र १६, २०८०

थप ३ सय ६ जनामा कोभिड संक्रमण पुष्टि, ६को मृत्यु

काठमाडौं कात्तिक २८,
स्वास्थ्य मन्त्रालयले वितेको २४ घण्टामा थप ३ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । देशभर गरिएको ८ हजार ८ पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १५ जना गरि उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पुष्टि भएका संक्रमित संगै नेपालमा संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको जानकारी दिएको छ । साथै यसवीचमा थप ३ सय ४८ संक्रमित निको भएको र योसंगै संक्रमण मुक्त हुनेको सख्या ७ लाख ९८ हजार २ सय ७४ जना रहेको जानकारी समेत दिएको छ।

त्यस्तै संक्रमणकाकारण् थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको संक्रमणका कारण मृत्यु भएको डेटा मन्त्रालयले दिएको छ।