शुक्रबार, चैत्र १६, २०८०

गरीब जनताको ऋणमोचनसंगै सामाजिक सेवाको महत्वपूर्ण उपलब्धी हो – नेपाल संवत

काठमाडौं कात्तिक १९,
राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी सुरु गर्नु भएको नेपालको मौलिक संवत अर्थात राष्ट्रिय नेपाल संवत ११४२ को शुभारम्भ भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनबाट फेरिने यो संवत फेरिएसंगै मनाइने नयाँ वर्षको अवसरमा देशभर सांस्कृतिक र्याली संगै अन्य थप विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुलत समय नेवार समुदायले नयाँ वर्षका रुपमा स्वीकार गरिदै आएको यो संवत पछिल्लो समय आम नेपाली सवैले ग्रहण गर्दै आइरहेको पाइन्छ ।

नेपालको मौलिक संवत  नेपाल सम्बत ११४२ को शुभारम्भको अवसरमा आज काठमाडौं महानगरपालिका वडा न ३२ कोटेश्वरस्थित वक्रतुण्ड गुठी समाजले कोटेश्वर भिन्तुना अर्थात शुभकामना आदान प्रदान सहितको सांस्कृतिक र्यालीको आयोजना गरेको छ । विगत ३ वर्ष देखि निरन्तर रुपमा सांस्कृतिक र्याली आयोजना गर्ने क्रममा विगतको वर्षमा कोभिड कहरकाकावीच पनि समाजले आवश्यक स्वास्थ्य सर्तकता सहित र्यालीलाइ निरन्तरता दिएको समाजका अध्यक्ष मनोज शाहले बताउनुभयो ।

त्यस्तै अध्यक्ष शाहले यसपटक भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठको प्रमुख आतिथ्यता एवम् बाग्मती प्रदेशका सभामुख  सानुकुमार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा आयोजित वडाव्यापी सास्कृतिक र्यालीमा अपार स्थानीय व्यक्ति विशेषको उपस्थिती रहेको जानकारी दिनुभयो । र्याली पछि आयोजित शुभकामना सभालाइ सम्बोधन गर्दै मन्त्री श्रेष्ठ लगायतका वक्ताहरुले राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५५ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएको थियो । त्यस्तै विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको बताउँदै नेपाल संवत कुनै जातिको एकल संवतको रुपमा नभइ सिङगो नेपालको मौलिक संवत भएको बताउदै नेपाल संवतको विषयमा व्याप्त अनेकन भ्रम चिर्नु आजको आवश्यकता भएकोमा जोड दिनुभएको जानकारी दिनभयो ।

समाजको अगुवाइमा भएको उक्त र्यालीको सहआयोजक संस्थाहरुमा क्रमस लक्ष्मी नारायण मन्दिर संस्था, सूर्यकोट महिला जागरण समूह, सूर्यकोट समाज सुधार समिति, सुवेदी युवा समाज , दिप नेवा पुच , समाजीक युवा क्लव र २२ वडा ग्वाहाली दवु रहेका छन भने मिडिया पार्टनरको भूमिका कान्तिपुर हटलाइन डटकम निर्वाह गरेको थियो ।