शनिबार, बैशाख ८, २०८१

गठबन्धन समन्वय समितिको बैठक: न्यायालय लगायतका क्षेत्रमा देखिएको समस्याको समिक्षा र सोको विश्लेषणमा सिमित

राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा गठबन्धनको सहकार्यलाई अगाडि बढाइने

काठमाडौं कार्तिक ३०,

आज बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको पहिलो बैठकले मुलुकमा पछिल्ले समय न्यायलय लगायतका क्षेत्रमा देखिएको समस्याको समिक्षा र सोको विश्लेषण् गर्दै विद्यमान सवै समस्या समाधानको लागि आवश्यक संवैधानिक व्यवस्था अनुरुप आवश्यक पहलकद्मी लिने विष्मा नितिग सहमति बनाएको छ ।

समितिको बैठकको नेतृत्व सबै दलले २–२ महिनाका लागि गर्ने सहमति अनुरुप आजको बैठकको संयोजना कांग्रेसबाट रामचन्द्र पौडेलले गर्नुभएको जाकारीदिदै समितिमा सकारको तर्फबाट प्रतिनिधित्व गर्नुभएका सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक पछि जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको समेतको उपस्थितिमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेल लगायतको उपस्थितीमा भएको उक्त बैठकले राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा गठबन्धनको सहकार्यलाई अगाडि बढ्ने निर्णयसंगै जनतालाई छिटो र सहजरूपमा सेवा–सुविधा उपलब्ध गराई जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने लगायत विषयगत एजेन्दाम छलफल सहति नितिगत निर्णय भएको उहाँले जानकारीदिनुभयो ।