शुक्रबार, चैत्र १६, २०८०

कोरम नपुगेसंगै संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं मंसिर ५ ,
भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।समितिका सभापति लक्ष्मणलाल कर्णले कोरम नपुगेकाले आगामी १७ गते अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको बताउनुभयो । १५ सदस्यीय रहेको समितिको बैठक बस्नका लागि कम्तिमा पनि ८ जना सदस्य उपस्थित हुनुपर्ने हुन्छ ।

आजको बैठकमा मुलत गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुरुप भारतका लागि नेपाली राजदूतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको सुनवाइ हुने कार्य सूची रहेको थियो ।