बुधबार, बैशाख १२, २०८१

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णय

काठमाडौं मंसिर १४ ,
सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन गर्न अध्यादेश जारी गर्ने निर्णय सोमवार बसेको  मन्त्रीपरिषद्को बैठकले  गरेको छ।

 त्यस्तै उहाँले पछिल्लो समयमा दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अन्य देशहरुमा पनि पुष्टि हुनेक्रम बढेका कारण ओमिक्रोन संक्रमण देखिएका देशबाट आउने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय सरकारले गरेको बताउनुभयो ।

स्मरण रहोस निकै संक्रामक मानिएको ओमिक्रोन संक्रमण पछिल्लो समय बेलायत, क्यानडा, अष्ट्रेलिया, जापानलगायतका देशमा समेत देखिएको छ।