बिहिबार, चैत्र १५, २०८०

कोप सम्मेलन नेपालको लागि फलदायी:  प्रधानमन्त्री देउवा

काठमाडौं कात्तिक १८,
प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा आज स्वदेश फर्किनु भएको छ। उहाँ कतार एयरवेजको उडानबाट दोहा हुँदै आज विहान काठमाडौं आइपुग्नु भएको हो । प्रम देउवा स्वदेश लगत्तै त्रिभुवन विमानस्थलमा आयोजित विशेष

पत्रकार सम्मेलनमार्फत ५ दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने संकेत गर्दै आजको पत्रकार सम्मेलनमा कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका गर्दै समय खेर फाल्ने काम नगरौं । तरउहाँले पछिल्लो समय सर्वोच्चमा चुलिएको प्रधानन्यायाधीश प्रकरणबारे प्रष्ट रुपमा कुनै अभिव्यक्ति दिनुभएनन ।

त्यस्तै उहाँले पत्रकार सम्मेलनमा धेरै देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग विभिन्न विषयमा कुराकानी गरेको बताउँदै उनले नेपालप्रति छिमेकी भारतको सदभाव देखिएको जानकारी दिदै समग्रमा कोप सम्म्ेलन नेपालको लागि फलदायी भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।