बिहिबार, बैशाख १३, २०८१

काठमाडौं काँग्रेस क्षेत्र १,२,३ मा क्रमस राणा,शर्मा र चालिसे निर्वाचित

काठमाडौ मंसिर ८,
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई सर्वसम्मत सभापति निर्वाचित गरेको हो । सभापतिबाहेक अन्य पदमा भएको निर्वाचन मार्फत सचिवमा राकेश महर्जन र उमेश तिमल्सेना, सहसचिवमा प्रमोद पौडेल र सुदिपमान डङ्गोल निर्वाचित भएका छन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधि खुलातर्फ सुरजचन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ, प्रबल थापा, कुश ढकाल, लीलेन्द्रप्रसाद प्रधान, राजेन्द्र गुरुङ, मोहनकुमार राई, हीरालाल तण्डुकार, डा सुरज काफ्ले र आदर्शविक्रम कार्की निर्वाचित भएका छन्

महिला खुलातर्फ इन्दु थापा, कल्याणी रिजाल, शान्ता ढकाल र रेणु भट्टराई, खस आर्य महिलातर्फ अम्बिका सुवेदी र भगवती खड्का, जनजातितर्फ शम्भु तामाङ, अर्जुन राना र रवि सिंह, दलितमा कुवेर रम्तेल, अल्पसङ्ख्यकमा कुल सुनुवार र मधेसी महिला सम्झना उप्रेती रौनियार विजयी भएका छन् ।

 त्यस्तै गरि काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा निर्वाचित भएका छन । प्राप्त जानकारी अनुसार शर्माले २८५ मत ल्याई निर्वाचन जित्दै गर्दा उनका निकटतम प्रतिस्पर्धी अर्जुन पराजुलीले २२० मत प्राप्त गरेको थाहा भएको छ । ।

यस्तै, महाधिवेशन प्रतिनिधिमा उपेन्द्र कार्की, ओमबहादुर कार्की, जयराज पुडासैनी, दीपकप्रसाद कुँइकेल, राजाराम तिवारी, रामशरण ढुङ्गाना, लवराज दाहाल, लोकेश ढकाल र शङ्कर थापा विजयी भएका छन्। त्यस्तै महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, दलिततर्फ हरिशरण नेपाली, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गतातर्फ नहकुल थापा, मधेसीतर्फ मुकेश मिश्र, खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित भएका छन् ।

त्यस्तै काठमाडौ काँग्रेस निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका सन्तोष चालिसे निर्वाचित भएका छन् सार्वजनिक मतपरिणामअनुसार चालिसे २०५ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटम प्रतिस्पर्धी एवम् वडा न ६का अध्यक्ष अध्यक्ष दीपेन्द्र लामाले १५९ मत प्राप्त गरेको थाहा भएो छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिमा कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित भएका छन् ।  महिला प्रतिनिधि खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित भएका छन् ।