शुक्रबार, बैशाख ७, २०८१

काठमाडौंमा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

काठमाडौं कात्तिक १६,
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजबाट शुरु भएको नेपालीहरुको दोस्रो ठूलो चाड अन्र्तगत खेलीने देउसी–भैलो कार्यक्रम राती नौ बजेसम्म मात्र खेल्न आदेश जारी गरेको छ ।

त्यस्तै काठमाडौंले प्रशासनले आज जारी विज्ञप्तिमा देउसी–भैलो खेल्ने क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सभ्य एवं शान्तिपूर्ण रुपमा राती नौ बजेसम्म मात्रखेल्न  पाइने  उल्लेख गरिएको  छ। 

त्यस्तै   तिहारको वहानामा पटका,अतिसबाजीजस्ता प्रज्वलनशील एवं विष्फोटन पदार्थ उत्पादन ,ओसारपसार, विक्रिवितरण नगर्न र कार्यक्रम आयोजनाको नाममा सार्वजनिक यातायात र जनजीवनलाई असर गर्ने कुनै गतिबिधिहरु नगर्न नगराउन भन्दै उल्लेखित आदेशको वर्खिलाप गरेको पाइएमा कानुन वमोजिमको कारवाही गरिने जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031