बिहिबार, बैशाख ६, २०८१

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेसंगै बढ्यो चिसो

काठमाडौं मंसिर १,
जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम सात दशमलव चार डिग्री सेल्सियस मापन भएसंगै वर्षको नै बढी चिसो महसुस भएको जनाएको छ । विभागका अनुसार मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएकोमा आजको तापक्रम घटेसंगै न्यूनतम तापक्रम मापनको क्रममा मंगलवारको तुलनामा चिसो बढेको जनाएकोछ ।

त्यस्तै केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत घट्ने क्रममा रहेको जनाउँदै यहि प्रक्रिया कायम रहने हो भने काठमाडौँ उपत्यकासहित देशभर दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्ने क्रममा बढ्त्तरी हुने जनाएको छ । त्यस्तै विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहे पनि आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली हुे पूर्वानुमान गरेको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस मापन भएको जनाएको छ ।