बिहिबार, चैत्र १५, २०८०

कांग्रेससंगको भद्र सहमति अनुरुप कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौं कात्तिक १५,
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद् बैठक बसेर राजीनामा दिएका मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति गरेअनुरुप आफुले मुख्यमन्त्री दबाट राजीनामा दिएको पत्रकार सम्ममेलनमा जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीको राजीनामासंगै कांगेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री मार्ग प्रसस्त भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले समृद्धिको आधार खडा गर्दै प्रदेश सरकारले समृद्धिको जग बसालेको जनाउ सहित कानुनी संरचना नभएको प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको जानकारी दिनुभएको त्यहाँस्थिती हाम्रा सहकर्मीले जनाएका छन ।