बिहिबार, बैशाख १३, २०८१

कांग्रेसको एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन शुक्रवारबाट शुरु हुँदै

काठमाडौं मंसिर ९,

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनअन्तर्गत काठमाडौं उपत्यका लगायतका जिल्लहरुमा शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअघि विभिन्न ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनका लागि मंसिर ६ गते निर्धारण गरिएको थियो भने एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन शुक्रवारबाट हुन लागेको हो ।

त्यस्तै केन्द्रीय निर्वाचन समितिले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवाबाहेक सबै जिल्लामा अधिवेशन भएको र परिणाम आउने क्रममा रहेको जनाएको छ । त्यस्तै १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हाल १२२ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएको र बाँकीमा अधिवेशन हुने क्रममा रहेको जानकारी दिदै समितिले प्रत्येक क्षेत्रीय अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि २५ देखि बढीमा २७ जनासम्म महाधिवेशन प्रतिनिधि चयन हुने विधानत व्यवस्था रहेको जानकारी दिएको छ।

यसक्रममा प्राप्त पछिल्लो जानकारी अनुसार १२२ निर्वाचन क्षेत्रबाट ३ हजार बढी महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन । त्यस्तै  प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका निर्धारण गरिएको छ।