बिहिबार, बैशाख १३, २०८१

कर्णाली प्रदेश सरकारका ३ मन्त्रीको पद आजबाट सकिँदै

काठमाडौं कात्तिक १५ ,
कर्णाली प्रदेश सरकारका ३ जना मन्त्रीको पद आजबाट सकिँदै छ। आजबाट सांसद नरहेका पदमुक्त हुन लागेका मन्त्रीत्रयमा क्रमस नेकपा एकीकृत समाजवादी मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही रहेका छन ।

तत्कालीन नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई कारबाही गरी सांसद पदमुक्त गरेको थियो।

यद्यपी आफुलाइ सहयोग गरेका कारण उनीहरुलाई एमालेले सांसद पदबाट मुक्त गरेपनि सांसद् पदमा नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउने संवैधानिक पर्वाधान अनुरुप मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेका थिए। यद्यपी मन्त्रीत्रय पदमुक्त भएपनि नेकपा एकीकृत समाजवादीले सोही मन्त्रालयमा दावी गरेको छ।