बिहिबार, चैत्र १५, २०८०

करदाताले तिरेको कर, करदाताकै सेवाका लागि : महानगर प्रमुख शाक्य

पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधिको स्वीकृती संगै २७ औं महानगर दिवस मुल समारोह समिति गठन

काठमाडौँ मंसिर ८,
काठमाडौँ महानगरपालिकाको आज बसेको ७१ औँ कार्यपालिका बैठकले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । त्यस्तै महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उक्त  कार्यविधि स्वीकृत गर्दै आर्थिक बर्ष ०७५/०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोभिड कहरबाट प्रताडित होटल व्यवसायी लक्षित हुँदै कोष सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि कोभिड कहरकै कारण व्यवसायीहरुलाइ आर्थिक ऐनमार्फत ६५ कर छुट दिएको थियो । बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा गर्नका लागि आजको बैठकले पर्यटन प्रवर्धन कोष कार्यविधि स्वीकृत गरेको हो ।

स्वीकृत कार्यविधि अनुसार कोष सञ्चालनार्थ ँ महानगरका प्रमुखको अध्यक्षतामा महानगरकातर्फबाट ५ जना र होटल संघ, नेपालका ४ जना गरी ९ जनाको निर्देशक समिति संगै राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति समेत गठन गरिने भएको छ । त्यस्तै कोषबाट पर्यटन क्षेत्रको प्रवर्धन हुने र व्यवसायीको सामुहिक हित हुने कार्यक्रम सञ्चालन गरिने कार्ययोजना तय गरिएको छ ।

त्यस्तै बैठकका अध्यक्ष शाक्यले भन्नुभयो, ‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरुप कोष बनाएको जनाउ दिदै यसबाट करको दायरामा आउन बाँकी करदाताहरु प्नि करको दायरामा आउने विस्वास व्यक्त गर्नुभयो ।
त्यस्तै बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७ औं महानगर दिवस मुल समारोह समिति गठनसंगै पुरस्कार छनौट र अन्य कार्यक्रमका लागि क्षेत्रगत उपसमितिहरु समेत गठन गरेको छ। साथै डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र नेपाल, र मस्तिष्क पक्षघात स्वाबलम्बन समूह नेपाल गरी ४ वटा संस्थाहरुलाई आर्थिक अनुदान दिने निर्णय समेत गरेको छ ।