बिहिबार, बैशाख १३, २०८१

एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुन कम्बोडियाका प्रधानमन्त्री सेनको मार्गमा : काँग्रेस नेता थापा

काठमाडौं मंसिर १२,
काठमाडौं जिल्ला कार्य समितिको अधिवेशनको उद्घाटन कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले प्रमुख विपक्षी दल नेकपा एमालेमा विधिवत रुपमा जनवाद सकिएको र ओलीको डनवाद सुरु भएको टिप्पणी गरेका छन् ।

त्यस्तै नेता थापाले चितवनको सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रलाई थापाले ओली शेसनको संज्ञा दिदै एमालेमा जनवाद सकियो, अब केपी ओलीको डनवाद मात्रै बाँकी रहेको टिप्पणी गरेको हो ।

स्मरण रहोस प्रमुख विपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशनको शनिबार भएको बन्दशत्रले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नामावली टुंगो लगाउने जिम्मा ओलीलाई दिएसंगै कांग्रेस नेता थापाले ओलीमा आन्तरिक लोकतन्त्र सकिएको मात्र नभइ ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको मार्ग अख्तियार गर्दै विपक्षमा खडा हुने व्यक्तिलाई लखेट्ने कार्यारम्भ गरेको बताउनुभयो ।