बुधबार, बैशाख १२, २०८१

आफु अनुकुलको नेतृत्व चयन गर्ने ओलीको प्रयास असफल, अध्यक्षमा ओली र रावलको मनोनयन दर्ता

काठमाडौं मंसिर १३ ,
नेकपा एमालेमा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत आफु अनुकलको नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको प्रयास असफल भएको छ।

अध्यक्ष ओलीले आइतवारराती अवेर बसेको महाधिवेशनको बन्द सत्रमा सार्वजनिक गरेको ३०१ को सूचीमा नाम नअटेको भीम रावल र घनश्याम भुषालले क्रमस अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएसंगै निर्वाचनको वातावरण बनेको हो । अध्यक्ष केपी ओलीको उम्मेदवार मनोनयन पत्रको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् ।

स्मरण रहोस,  अध्यक्ष ओलीले आइतवार राती अवेर बसेको महाधिवेशनको बन्द सत्रमा निम्नाुसारको १९ पदाधिकारीको नाम सर्वसम्मतको लागि घोषणा गर्नु भएको छ ।

प्रस्तावित नामावली अध्यक्षः केपी  ओली ,वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल

उपाध्यक्ष : युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे,रामबहादुर थापा बादल,विष्णु पौडेल,सुवास नेम्वाङ

महासचिव: शंकर पोखरेल

उपमहासचिव: प्रदीप ज्ञवाली,पृथ्वीसुब्बा गुरुङ,विष्णु रिमाल

सचिव: टोपबहादुर रायमाझी,रघुवीर महासेठ,छविलाल विश्वकर्मा,लेखराज भट्ट,योगेश भट्टराई,गोकर्ण विष्ट,पद्मा अर्याल