बिहिबार, बैशाख १३, २०८१

आज सरकार सहजीकरण गठबन्धन समन्वय समितिको बैठक बस्दै, पहिलो बैठकको संयोजन काँग्रेसले गर्ने

काठमाडौं कात्तिक ३०,
काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि सहजीकरण गर्ने भन्दै गत कात्तिक २२ गते गठित सत्ता गठबन्धन समन्वय समितिको आज बैठक बस्दैछ।
समितिको बैठकको नेतृत्व सबै दलले २–२ महिनाका लागि गर्ने सहमति भए अनुरुप आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने जानकारी प्राप्त समितिको बैठकको कांग्रेसबाट रामचन्द्र पौडेल संयन्त्रको संयोजकन गर्ने बुझिएको छ। प्राप्त जानकारी अनुसर त्यसपछिको २ महिनामा बस्ने बैठकको माओवादी केन्द्रले र त्यसपछि क्रमश एकीकृत समाजवादी, राजपा र जनमोर्चाले पालैपालो बैठकको संयोजन गर्ने तयारी रहेको बुझिएको   छ।

त्यस्तै  आजको बैठकमा  मुलुकको  पछिल्लो राजनैतिकि घटनाक्रममा  सरकारले गर्नु पर्ने  कार्यसम्पादन  लगायतका समसामायिक विषयमा  छलफल हुने बुझिएको  छ।

गठबन्धनमा रहेका सबै दलको प्रतिनिधित्व रहेको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट २–२ जना सदस्य रहेका छन । त्यस्तै, मन्त्रिपरिषद्‌बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि संयन्त्रको सदस्य रहे पनि प्रधानमन्त्री देउवा भने छैनन्। तर, समितिको हरेक बैठकमा प्रधानमन्त्री देउवा सहभागी हुने उहँँले समिति गठनको समयमानै प्रतिवद्धता अभिव्यक्त गर्नु भएको थियो ।