बिहिबार, बैशाख १३, २०८१

आज महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती मनाइदै

काठमाडौं कात्तिक १८,
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । महाकवि देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताले नेपाली साहित्यको श्रीवृद्धि गर्नु भएको छ।

त्यसोत महाकवि देवकोटाका मुना मदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो जुन पुस्तक नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको प्रारम्भिक कडि समेत मानिन्छ ।  नेपाली साहित्यमा स्वच्छन्दता र मानवतावाद, प्रकृतिप्रेमी महकवि देवकोटाले ३ महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका महाकवि देवकोटाले विसं २०१६ मा डा . के.आई.सिंहको मन्त्रिपरिषद्मा    शिक्षामन्त्रीको जिम्मेवारी प्राप्त गर्दैगर्दा देशभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो ।

महाकवि देवकोटाको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा लक्ष्मी कविता सङ्ग्रहुलाई, काव्य(खण्डकाव्यहरूमा मायाविनी सर्सीु खण्डकाव्यलाई र महाकाव्यमा ुप्रमिथसु महाकाव्यलाई प्रतिनिधिकृति मान्न सकिन्छ। यसैगरी देवकोटाका बालकविताहरूका प्रतिनिधिकृतिका रूपमा उनका सुनको बिहानु र ुपुतलीु बालकविता सङ्ग्रहलाई अघि सार्न सकिन्छ भने उनका हाँस्यव्यङ्ग्य कविताहरूको प्रतिनिधित्व उनको मनोरञ्जन हाँस्यव्यङ्ग्य कविता सङ्ग्रहले अनि गीतिकविता वा गीतहरूको प्रतिनिधित्वचाहिँ उनको ुलक्ष्मी गीति सङ्ग्रहुले गर्छ भन्न सकिन्छ। यस सन्दर्भमा देवकोटाका विशुद्ध प्रगतिवादी क्रान्तिकारी कविताहरूको प्रतिनिधित्व गर्ने ुपहाडी पुकारलाई र उनको रोमान्टिक प्रगतिवादी क्रान्तिकारी गीति नाट्य कृषिबालाुलाई पनि हामी बिर्सन सक्दैनौँ।