बिहिबार, चैत्र १५, २०८०

आज छठपर्वको पहिलो दिन वर्तालु महिलाले आत्मशुद्धि सहित ‘नहायखाय’ विधि गर्दै

[फाइल फोटो]

काठमाडौं कात्तिक २२ ,
सूर्य उपासना सहित मनाइने छठपर्व विधिवत् रुपमा आजदेखि शुरु भएको छ। विगतका वर्षमा कोभिड कहरका कारण संक्रमणको त्रासका वातावरण वीच छठ पर्व मनाइएको थियो । छठ पर्वको पहिलो दिन आज व्रतालुहरुले ‘नहायखाय’ विधि अन्र्तगत आत्मशुद्धि गर्दै नियम निष्ठाका साथ शुद्ध भोजन गर्ने गर्छन् ।

त्यस्तै पर्वको दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेवतालाई अर्पण गर्दै खर्नाविधि अन्र्तगत परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले पनि प्रसादकै रुपमा ग्रहण गर्ने गरिन्छ । पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र वर्तको चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको विधिवत् समापन गरिन्छ।

छठपर्वको मसख्य आकर्षण भनेको षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न गर्नु हो ।

केही समय अघि मिथिला र तराई क्षेत्रको मात्र मनाइने यो व्रत पछिल्लो समय राजधानीमा समेत मनाउन थालिएको पाइन्छ । यसअर्थमा समायक्रम अनुसार छठ पर्व राष्ट्रिय पर्व नै बनिसकेका कारण राज्यले पर्वको दिन सार्वजनिक विदा समेत दिन् गेरेको छ ।