बिहिबार, बैशाख १३, २०८१

आजबाट १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिका कोभिड विरुद्ध फाइजर लगाइदै

काठमाडौं कात्तिक २८,
आजबाट कोभिड विरुद्ध फाइजर खोपकोको पहिलो डोज अभियान शुरु भएको छ । फाइजर खोप पहिलो पटक १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घरोगी लक्षित हुँदै अभियान सञ्चालन हुन लागेको हो ।

१२ वर्षमाथिका दीर्घरोगी बालबालिका लक्षित गरी आजबाट शुरु गरेको यो खोपको दोस्रो दोज भने पहिलो डोज लगाएको २१ दिनदेखि २८ दिनभित्र लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म काठमाडौ उपत्यकामा रहेको वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गङरगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट लगाइने भएको छ ।