शुक्रबार, चैत्र १६, २०८०

आजबाट लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु

काठमाडौं मंसिर ९,
“घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान बिहीबारदेखि शुरु भएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने क्रममा नेपालमा पनि‘Orange the World-End Violence Against Women now’ ’ भन्ने अन्तर्राष्ट्रिय नाराको आधारमा उक्त राष्ट्रिय नारा तय गरी उक्त अवधिभर कार्यक्रम संचालन गरिने लागेको हो ।

अभियान संचालन गर्न आ आफ्नो तर्फबाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाउन गरिएको आह्वान सम्बन्धमा नेपाल प्रहरीबाट पनि यस अभियान प्रति ऐक्यबद्धताका लागि विभिन्न रचनात्मक एवम् सन्देशमूलक कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम रहेको छ । हिंसा सहेर र हेरेर नबसौं, बेलैमा उजुरी गरौं भन्ने आह्वान साथ लैंगिक हिंसा सम्बन्धि कुनै उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने छ ।