शुक्रबार, जेष्ठ ६, २०७९

२० लाख रुपैयाँ ठगी गर्ने रबिना प्रहरी हिरासतमा

काठमाडौं मंसिर १३,
महानगरीय अपराध महाशाखाले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १० बस्ने काभ्रे पनौती नगरपालिका घर भएकी २७ वर्षीया रबिना थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका चाईनिज नागरिक लिउ युईलाई थुनामुक्त गराई दिन्छौँ भनि प्रतिवादीकी श्रीमतीबाट २० लाख रुपैयाँ रकम लिई ठगी गरेको भन्ने खबर भएसंगै ाहनशाखाले उनलाइ काठमाडौंको छाउनीबाट पक्राउ गरेको हो ।

रविना समेतका २ महिलाहरूले आफ्नो मान्छे वकिल छन् उनले न्यायाधीश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई थुनामा रहेका तपाईँको श्रीमानलाई धरौटीमा छुटाई दिने र सेटिङ गर्नको लागि खर्च लाग्छ भने अनुसारको रकम दिँदै जानु भनि प्रतिवादीकी श्रीमतीलाई विश्वास दिलाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको जनाउदै निज उपर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031