काठमाडौं मंसिर १२,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १५८ जना कोभिड संक्रमण पहिचान भएको जनाएको छ। देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले आज पहिचान भएका संक्रमित कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ भने आज ३४२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको जनाएकोछ ।
साथै ६ हजार ९६६ जना सक्रिय संक्रमण रहेको र २ जना संक्रमितको मृत्यु भएको जनाउदै मन्त्रालयले संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३पुगेको जनाएकेछ । त्यस्तै पछिल्लो समय १७१ जना आइसीयू र ३३ जनाका भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।