सोमवार, बैशाख ३, २०८१

मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले पाए वैधता

काठमाडौं कार्तिक १८,

निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ ।मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेसंगै मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले वैधता पाएको हो ।
विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर अवको संशोधित विधानमा बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ । त्यस्तै संशोधित विधानमा यसअघिको व्यवस्था अर्थात संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको वकालत गरिएको छ।

त्यस्तै पार्टीले जारी गरेको विज्ञप्तिमा अध्यक्ष मिश्रले फरक मत राख्ने नेताहरुलाई विमति भएपनि केन्द्रीय समितिको बहुमतको निर्णयलाई सम्मान गर्न विनम्र आग्रह गरेका छन् ।