काठमाडौं कात्तिक २५,
नेपाल पत्रकार महासंघका केन्द्रीय लेखासमिति सदस्य मुकुन्दप्रसाद भण्डारीलाई पितृशोक परेको छ । भण्डारीका पिताजी नेत्रप्रसाद भण्डारीको पित्तथैलीमा भएको क्यान्सरका कारण ६९ वर्षको उमेरमा कात्तिक २४ गते बुधबार राति कैलालीको धनगढी नगरपालिका ८ स्थित निवासमा निधन भएको हो ।
यसैवीच पत्रकार महासंघले लेखासमिति सदस्य भण्डारीको पिताजी निधनको खवरले महासंघ स्तब्ध र दुःखी भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आज जारी गर्नुभएको शोक विज्ञप्तिमा स्वर्गीय भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ भनिएको छ । त्यस्तै शोकको यस घडीमा पितृशोकमा पर्नुभएका केन्द्रीय लेखासमिति सदस्य भण्डारीसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।
स्वर्गीय भण्डारीका श्रीमती, तीन छोरा र दुइ छोरी हुनुहुन्छ ।