शनिबार, बैशाख ८, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले सोमवार प्रदेश सभाबाट विश्वासको मत लिने

काठमाडौं कार्तिक २१ ,
गत कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नव नियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम विश्वासको मत लिने भएको छ।

प्रदेश सभाको सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनका लागि लिखित जानकारी आएको जनाउदै यसकोलागि आवश्यक तयारी भएको जनाएको छ ।

यसअघि एमाले विभाजित भएसँगै अल्पमतमा परेकी प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसंगै काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनमा एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । हाल प्रदेशसभामा मुख्यमन्त्री पाण्डे सहित चार सदस्यीय मन्त्रिमण्डल क्रियाशील रहेको छ ।

त्यस्तै प्रदेश सभामा नेकपा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा २ र राप्रपा २ र जनता समाजवादी पार्टी नेपालको १जना प्रदेश सभाका सदस्य गरि १०९ सदस्यीय रहेको प्रदेश सभामा विस्वासको मत पारित हुनका लागि ५५ जना प्रदेश सभाका सदस्यको सहमति आवश्यक हुन्छ । तर गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेको पक्षमा ५९ जनाको समर्थन रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031