मङ्लबार, बैशाख ४, २०८१

प्रमुख प्रतिपक्षीदल एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदै

काठमाडौं मंसिर १०,
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेको जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा सहित १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा उद्घाटन हुँदैछ ।

उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा ५ लाखभन्दा बढी जनसहभागिता हुने एमालेले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि समेत सहभागी हुने  जानकारी दिद नयाँ नेतृत्व समेत चयन हुने प्रस्तुत महाधिवेशनको बन्दसत्र भने सौराहामा हुने एमालेले जनाएको छ ।