बुधबार, बैशाख १२, २०८१

पछिल्लो २४ घण्टामा ५३३ जनामा कोभिड संक्रमण , १ को मृत्यु

काठमाडौ कार्तिक २३ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५३३ जनामा कोभिड भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षणको क्रममा ९० जना गरी ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४८४ रहेको छ भने यसवीचमा संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो समय कोभिड संक्रमणका संक्रिय संकतिको सख्या ७ हजार ६१२ रहेको जानकारी सहित मन्त्रालयले १९९ जना आइसीयू र ५५ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।